१७ माघ, २०८१ बिहिबार
11:39:39 AM
२६ माघ, २०७८
काठमाण्डौं
सिर्जना राउत
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निरन्तर बजार अनुगमन गदै आइरहेको छ । यसरी अनुगमन गर्नेक्रममा उपत्यकाका विभिन्न क्षेत्रमा मापदण्ड विपरित चल्ने गरेका पसलहरुलाई विभागले जरिवाना र कारर्वाही गरिरहेको छ ।
श्री गणेश सोफा भेराइटी अन्यमा ५० हजार जरिवाना गरिइएको छ । एम वि गुडविल किराना पसल खाद्य वस्तुमा ५ हजार, कालापत्थर टेकिङ्ग स्टोर रेडिमेड तथा थान कपडा ठमेलमा ५ हजार जरिवाना तथा बेस्ट बाई टेडिङ्ग प्रा.लि फर्निचर एण्ड फिक्चर्स र अनिता बस्त्रालय अनामनगरमा सामान्य निर्देशन दिइएको विभागले जनाइएको छ ।