२२ बैशाख, २०८१ शनिबार

09:00:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्र बैंकको ढुकुटीमा आठ हजार ३ सय ८० किलो सुन

१७ मंसिर, २०७८

राष्ट्र बैंक मुद्रा व्यवस्थापन सम्बन्धि एकाधिकार प्राप्त निकाय हो । यसले देशको मुद्रा व्यवस्थापन र नेपाल सरकारको केन्द्रीय ढुकुटीको सञ्चालन गर्छ ।

 राष्ट्र बैंकको ढुकुटीमा आठ हजार ३ सय ८० किलो सुन

आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार, गत असारसम्म केन्द्रीय बैंककमा १ हजार ९ सय ५३ किलो सून मौज्दात छ । यस बाहेक सिक्का, असर्फी आदिका लागि छुट्टै ५ सय ६४ किलो सुन पनि राखिएको छ । राष्ट्र बैंकले विदेशमा सुनमा पनि लगानी गरेको छ । पेपर गोल्ड भनेर चिनिने यस्तो लगानी पाँच हजार ८ सय ६३ किलो सुन बराबर छ ।
राष्ट्र बैंककको अनुसार त्यस्तो सुन भौतिक रूपमा नभएर लगानीका रूपमा हुने र नेपाललाई चाहिएको बखत भौतिक रूपमा नै सुन उपलब्ध हुनेछ । यी सबै जोड्दा हाल राष्ट्र बैंकसँग आठ हजार ३ सय ८० किलो सुन छ भने एक लाख २१ हजार ५ सय २२ किलो चाँदीको मौज्दात छ । यस बाहेक चाँदीका सिक्का आदि निष्कासनका लागि छुट्टै तीन हजार ३७ किलो चाँदी पनि राष्ट्र बैंकको ढुकुटीमा रहेको छ । 
राष्ट्र बैंक मुद्रा व्यवस्थापन सम्बन्धि एकाधिकार प्राप्त निकाय हो । यसले देशको मुद्रा व्यवस्थापन र नेपाल सरकारको केन्द्रीय ढुकुटीको सञ्चालन गर्छ ।
राष्ट्र बैंकले देशको अर्थतन्त्रको आकार र नोटको सम्भावित मागलाई ध्यान दिएर विभिन्न दरका नोट निष्कासन गर्छ । त्यसरी नोट निष्कासन गर्न जति मूल्य बराबरको नोट छाप्ने हो, सोही अनुसारको सुरक्षण (धितो) राख्नुपर्छ । सुन, चाँदी, विदेशी विनिमय, विदेशी धितोपत्र आदि सुरक्षणका रूपमा रहने गर्दछन् ।
राष्ट्र बैंकको ढुकुटीमा सुनचाँदीको मौज्दात रहन्छ । नोट निष्कासनका लागि सुरक्षण राख्नुपर्ने भएकाले पनि सुनचाँदी आवश्यक पर्छ । बैकको टक्सार विभागले समय समयमा सुनचाँदीका असर्फी र सिक्का पनि बेच्दछ । राष्ट्र बैंककले आवश्यक परेका वेला सुनचाँदी पनि बिक्री गर्छ ।