२५ बैशाख, २०८१ मंगलबार

08:25:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विभागको नियमित अनुगमन, सुध्रिएनन् पसलहरु

२५ माघ, २०७८

विभागको नियमित अनुगमन, सुध्रिएनन् पसलहरु

काठमाण्डौं
सिर्जना राउत

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निरन्तर बजार अनुगमन गर्ने क्रममा उपत्यकाका विभिन्न क्षेत्रका मापण्ड विपरित चल्ने व्यवसायहरुलाई कारवाही र जरिवाना गर्दै आइरहेको छ ।

दैनिकि बजार अनुगमन गर्दा विभिन्न पसलहरु मापदण्ड विपरित चल्ने गरेको पाइएपछि अनुगमनका क्रममा श्रेष्ठ ट्रेड इम्पेक्स भाँडाकुडामा ५ हजार जरिवाना गरिइएको विभागले जनाएको छ  । मिन भवन औषधी पसल प्रा.लि बानेश्वरमा व्यवसाय सँग सम्पुर्ण कागजात चुस्त दुरुस्त राख्ने म्याद गुज्रिएका सामान थप व्यस्थित गर्ने, स्वस्तिक नेपाल टेडिङ्ग प्रा.लि बालाजु खाद्य वस्तुमा सामान्य निर्देशन, एस एस सु सेन्टर जुत्ता चप्पलमा स्वास्थ्य मापदण्ड पालना गरि व्यवसाय संञ्चालनगर्ने मूल्य सूची थप व्यस्थित गर्ने खरिद विक्रि विल थप व्यवस्थित गर्ने, हट नेक्स्ट रेडिमेड तथा थान कपडामा स्वास्थ्य मापदण्ड पालना गरि व्यवसाय सञ्चालन गर्ने मूल्य सूची थप व्यवस्थित गर्ने खरिद विक्री विल थप व्यवीस्थत गर्ने, द एभरेष्ट मण्डारी खाजामा स्वास्थ्य मापदण्ड पालना गरि व्यवसाय सञ्चालन गर्ने मूल्य सूची थप व्यवस्थित गर्ने खरिद विक्री विल थप व्यवस्थित गर्ने निर्देशन दिइएको विभागले जनाइएको छ ।