८ मंसिर, २०८१ शनिबार
05:16:49 PM
२४ माघ, २०७८
काठमाण्डौं
पछिल्लो २४ घण्टामा १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै समयमा ६ हजार १ सय ४६ जना संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो । ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ र ३ हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ ।
हाल देशभर ४० हजार १११ संक्रिय संक्रमित छन् । जसमध्ये ३८ हजार ८८३ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार २२८ जना संस्थागत आइसोलेसनमा छन् ।
संक्रमितहरुमध्ये २५५ जनाको आईसीयू र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।