२४ बैशाख, २०८१ सोमबार

10:27:02 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विभागबाट मापदण्ड विपरित चल्ने पसलहरुलाई जरिवाना र निर्देशन

Nepal Business

२४ माघ, २०७८

विभागबाट मापदण्ड विपरित चल्ने पसलहरुलाई जरिवाना र निर्देशन


काठमाण्डौ

सिर्जना राउत
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्ने क्रममा उपत्यकाका क्षेत्रका विभिन्न व्यवसायहरु मापदण्ड विपरित चल्ने गरेको पाएको छ । विभागले निरन्तर बजार अनुगमन गर्दा मापदण्ड विपरित चल्ने व्यवसायहरुलाई कारर्वाही र जरिवाना पनि गर्दै आइरहेको छ ।

यसै क्रममा एफ एम फर्मामा ५ हजार जरिवाना गरिएको विभागले जनाएको छ । रिवाज फर्मा बागवजार अन्य निर्देशन, ओनसी फार्मेसीमा थप व्यवस्थित गर्ने,  जस्मिन फार्मेशी एण्ड क्लिनिक प्रा.लि बागवजार, शिशिर मेडिकल हलहरुमा मापदण्डभित्र रहि फार्मेशी संचालन गर्न निर्देशन दिइएको छ ।

काठमाडौं मोडल हस्पिटल फार्मेशी युनिट, भृकुटि मण्डप बागवजार व्यवसाय सँग सम्पुर्ण कागजात चुस्त दुरुस्त राख्ने म्याद गुज्रिएका सामान थप व्यवस्थित गर्ने निर्देशन दिइएको हो । यसैगरी वेस्ट वाई सपिङ्ग सेन्टर प्रा.लि , सेलवेज क्यास  एण्ड क्यारी प्रा.लिमा खाद्य वस्तहरुमा ३ दिन  भित्र फर्म सँग सम्बन्धित सबै कागजात लिइ विभाग उपस्थित हुन माग गरिइएको विभागले जनाइएको छ