८ मंसिर, २०८१ शनिबार
04:13:44 PM
२४ माघ, २०७८
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका विभिन्न स्थानमा आज देखि कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाईने भएको छ । यही माघ २० गते बसेको जिल्ला खोप समन्वय समितिको बैठकबाट गरिएको निर्णयअनुसार फाइजरको दोस्रो मात्रा खोप लगाउन लागिएको हो ।
महानगरले एक सूचना जारी गर्दै सोमबार देखि शनिबारबाहेक फागुन ५ गतेसम्म खोप अभियान सञ्चालन हुने बताएको छ । महानगरका अनुसार खोप कार्यक्रम बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ ।
उक्त समयमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाई २१ दिन पूरा भइसकेका बालबालिकाले खोप लगाएको खोप कार्ड लिएर दोस्रो मात्रा खोप लगाउन तोकिएको खोप केन्द्रमा गएर लगाउन सक्ने बताईएको छ ।
पछिल्लो समय कोरोना भाइरस संक्रमण घटिरहेपनि यसको जोखिमबाट बच्नका लागि स्वास्थ्यको आवश्यक मापदण्ड अपनाउदै सावधानीका साथ खोप कार्यक्रम संचालन गर्न महानगरले अनुरोध गरेको छ ।