२२ बैशाख, २०८१ शनिबार

06:28:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल जुत्ताचप्पलमा आत्मानिर्भर बन्दै

Nepal Business

१६ मंसिर, २०७८

जुत्ताचपलको आयात प्रस्थिापन हुदै, साँढे ७ करोड जोरको वार्षिक माग नेपाली उत्पादनले धान्ने ।

नेपाल जुत्ताचप्पलमा आत्मानिर्भर बन्दै

हिजो आज भृकुटीमण्डपमा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरूको व्यापारिक प्रदर्शनी शुरु भएको छ । यो फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालको आयोजनामा भएको हो । प्रदर्शनी कात्तिक २६ गतेदेखि मंसिर १९ गतेसम्म सञ्चालन हुने एशोसियसनले जनाएको छ । 
अवलोकनकर्तालाई आकर्षित गर्न छाला जुत्तामा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरिएको छ । जुत्ता उद्योगी स्वयंले नै स्टल राखेका कारण प्रदर्शनीमा बजारमा भन्दा सस्तोदरमा जुत्ता पाइने आयोजकले दाबी गरिरहेका छन् । उक्त प्रदर्शनीमा नेपालका चर्चित ३० वटा कम्पनीका एक सय भन्दा धेरै स्टल रहेका छन् । यस प्रदर्शनीबाट करिब २ करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।
फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियसन अफ नेपालले वर्षको दुई पटक काठमाडौंमा र हरेक प्रदेशमा वर्षमा एक पटक व्यापारी मेला आयोजना गर्दै आएको छ । यसले जुत्ता चप्पलमा विदेशीने रुपैयाँलाई रोक्न मद्धत गरिरहेको एशोसियसनको दाबी छ ।
यस व्यवसायबाट ६ हजारको हाराहारीमा रोजगारी सृजना भएको छ । हालसम्म नेपालमा ६ ठूला, १५ मध्येम ३ सय साना र १२  सय लघु जुत्ता चप्पल उद्योग रहेका छन् । आ व २०७६/७७ मा मात्र नेपालमा साँढे ४ करोड जोर जुत्ताचप्पल उत्पादन भएको थियो जसमा ५६ लाख जोर विदेश निर्यात समेत भएको थियो । अहिले नेपालमा साँढे ७ करोड जोरको माग रहेको छ ।