३ मंसिर, २०८१ सोमबार
05:10:40 AM
२२ माघ, २०७८
काठमाण्डौं
पछिल्लो २४ घण्टामा १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ४ हजार ७७१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ५१३ नमुना परीक्षण गरिएको थियो । ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार १०३ र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी १ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हाल देशभर ५२ हजार ७८० संक्रिय संक्रमित छन् ।