१९ मंसिर, २०८१ बुधबार
02:17:40 PM
१९ माघ, २०७८
नक्कली धन्दा : चार पक्राउ दुई फरार
नेपाल विजनेश समाचारदाता,
१९ माघ । मानिसको स्वास्थ्य सेवाका लागि भनेर खुलेका अस्पताल नै स्वास्थ्यमा गभिर खेलवार्ड गरी नक्कली धन्दामा संलग्न हुने तथ्य बाहिर आएको छ ।
यस्तो धन्दामा अस्पतालमले विचौलियाको समेत प्रयोग गर्ने गरेको पाइएको छ भने अस्पतालका सञ्चालक तथा कर्मचरारी नै संलग्न भएका छन् ।
कोरोना महामारीका बेला मानिसको जीवन सुरक्षामा काम गर्नुपर्ने अस्पतालले नै स्वास्थ्यमा नक्कली धन्दा चलाएर अबैध कार्य मात्रै होइन स्वास्थ्य मै गम्भिर खेलवार्ड गरेको पाइएको छ । यस्तो धन्दामा अस्पतालले विचौलियाको समेत प्रयोग गर्ने गरेको पाइएको छ भने अस्पतालका सञ्चालक तथा कर्मचरारी नै संलग्न भएका छन् ।
प्रहरीले प्रारम्भिक अपरेशन चलाउँदा चार जनालाई पक्राउ गरेको छ भने दुई जना फरार छन् । चिकित्सकको समेत खोजी भइरहेको अपरेशन चलाएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर बताउनुहुन्छ ।
उहाँका अनुसार यसरी नक्कली धन्दा चलाउनेमा भक्तपुरको मध्यपुरथिमी स्थित कौशलटारमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाडाँैको तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालि रहेको छ । त्यहाँ कार्यरत कर्मचारी ठुलो रकम लिएर उक्त नक्कली धन्दामा लागेको पाइएको हो । उनीहरुले एक प्रति नक्कली पिसिआर रिपोर्ट बनाएको १० हजारसम्म असुल्ने गरेका थिए ।
मुख्यगरी वैदेशिक रोजगारमा जाने ब्यक्ति उनीहरुका ग्राहक थिए । उनीहरुले आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वावको नमुना विनै रिपोर्ट बनाइदिने गरेका थिए ।
पक्राउ पर्नेहरु
विशेष सूचनाको आधारमा मङ्गलबार नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलका कर्मचारी धनुषाका रोशनकुमार छिट्टानलाई ८ थान नक्कली पिसिआर रिपोर्ट सहति पक्राउ गरिएको छ । उनको बयानका आधारमा कौशलटारबाट उक्त ल्याब म्यानेजर सर्लाहीका प्रसन्नकुमार झालाई पनि नियन्त्रणमा लिइएको छ ।
यस्तै काठमाडौँ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारीे नागेन्द्रकुमार यादवलाई पनि १७ थान नक्कली पिसीआर रिपोर्टसहित र उक्त कार्यमा संलग्न ल्याबका अर्का कर्मचारी माधव मैनाली पनि पक्राउ परेका छन् ।
प्रहरीले राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिसमेतको रोहबारमा दुवै अस्पतालका ल्याबबाट नक्कली पिसिआर बनाउन प्रयोग भएका कम्प्यूटरलगायतका उपकरण र पिसिआर टेष्ट दर्ता रजिष्टरसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
दुबै ल्याबका चिकित्सकसहित सञ्चालक भावेश मिश्र र निर्मल गिरी फरार रहेका र खोजी जारी छ
दुबै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी फरार रहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ । पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकको पनि खोजतलास कार्य भइरहेको महाशाखाले जनाइएको छ । दुबै अस्पतालका ल्याव सिल गरी अनुसन्धान थालिएको छ ।