१९ मंसिर, २०८१ बुधबार
02:33:17 PM
१९ माघ, २०७८
काठमाडौं
भारतमा निरन्तर कोरोना संक्रमण घटिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ। यो मंगबारको तुलनमा २० प्रतिशत कम हो । मंगलबार २ लाख नौ हजारमा कोरोना पुष्टि भएको थियो । भारतमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ४ करोड १४ लाख नाघेको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमित क्रमिक रुपमा घटे पनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोभिडबाट १ हजार १९२ जनाको मृत्यु भएको छ । भारतको केरलामा कोभिडबाट सबैभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा केरलामा ६३८ जनामा संक्रमणपुष्टि भएको छ ।