२५ बैशाख, २०८१ मंगलबार

07:48:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

होमस्टे र ‘रक क्लाइम्बिङ’लाई मर्स्याङदी गाउँपालिकाले दियो २५ लाख

१९ माघ, २०७८

 होमस्टे र ‘रक क्लाइम्बिङ’लाई मर्स्याङदी गाउँपालिकाले दियो २५ लाख

 

लमजुङ

पर्यटन प्रवर्द्धनका लागि भन्दै लमजुङको मर्स्याङदी गाउँपालिकाले होमस्टे, ‘रक क्लाइम्बिङ’, मन्दिर र पार्कका लागि २५ लाख रुपैयाँ दएिको छ ।  घनपोखरा होमस्टे, सिउरुङ होमस्टे, खानीगाउँ ९रक गार्डेन० होमस्टे, भुष्मे होमस्टे र भलामचौर होमस्टे गरि पाँच वटा होमस्टेलाई  मर्स्याङदी गाउँपालिकाले २ र२ लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको गाउँपालिकाले जानकारी दिनुभयो । गाउँपालिकाले उपलब्ध गराएको उक्त रकमबाट पूर्वाधार विकास, आवश्यकता अनुसार संरचना निर्माण तथा विविध क्रियाकलाप गर्न पाइने छ । साथै गाउँपालिकाले
मर्स्याङदी ४, च्याम्चेमा रहेको २ वटा ‘रक क्लाइम्बिङ’ लाई पनि बजेट दिइएको छ ।

बजेट पाउने  ‘रक क्लाइम्बिङ’मा तारेभिर ‘रक क्लाइम्बिङ’ र बान्द्रेभिर ‘रक क्लाइम्बिङ’रहेका छन । गाउँपालिकाले तारेभिर ‘रक क्लाइम्बिङ’ लाई पाँच लाख रुपियाँ र घनपोखरका तेम्रो झरना पर्यटन विकासका लागि बान्द्रेभिर ‘रक क्लाइम्बिङ’ अध्ययनका लागि एक लाख बजेट दिइएको छ । त्यस्त, भिरपुस्तुन कालिका मन्दिर संरचना निर्माणका लागि दुई लाख,ै ताङलीचोकमा रहेको डा। हर्क गुरुङ पार्क प्रवर्द्धनका लागि दुई लाख र पालिका अन्तर्गत आवश्यकीय पर्यटन प्रवर्द्धनका लागि एक लाख रुपैयाँ छुट्याएको गाउँपालिकाले जनाएको छ ।

 पर्यटकीय गन्तव्य रहेको हर्सिङ डाँडामा खानेपानी तथा शौचालय संरचना निर्माण तथा व्यवस्थापनका लागि दुई लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले जनाएकाने छ।