१९ मंसिर, २०८१ बुधबार
02:15:33 PM
१७ माघ, २०७८
काठमाण्डौं
२४ घण्टामा थप ५ हजार २ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार यस अवधिमा १० हजार ३ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी जम्मा ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ भने ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकमा ७९ हजार २७२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।