८ मंसिर, २०८१ शनिबार
04:08:48 PM
१७ माघ, २०७८
३ वटालाई जरिवान, ३ वटालाई अन्य निर्देशन
काठमाण्डौं
सिर्जना राउत ।
ओमिक्रोनको संक्रमण बढेसँगै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौं उपत्यकाका औषधी पसलहरुमा निरन्तर अनुगमन गर्दै आइरहेको छ । उपत्यका भित्रै मापदण्ड विपरित औषधी पसलहरु सञ्चालन हुनेगरेको विभागले जनाएको छ । विभागले निरन्तर रुपमा अनुगमन गरिरहँदा मापदण्ड विपरित चल्ने काठमाण्डौं भक्तपुर क्षेत्रका विभिन्न औषधी पसल लगायत होटल तथा रेस्टुरेन्टलाई कारवाही र जरिवाना गरेको हो ।
विभागले बजार अनुगमन गर्दा काठमाण्डौ भक्तपुरका अधिकांश औषधी पसलहरु मापदण्ड विपरित चल्ने गरेकोले ति औषधी पसलहरुलाई ३० हजार जरिवाना गरेको छ । यि औषधी पसलहरु विकास सर्जिकल हाउस त्रिपुरेश्वरमा २० हजार, नजमुखी मेडीकल हल, गोकर्णेश्वर जोरपाटीमा ५ हजार, श्रीजा फार्मेशी,नया ठिमी भक्तपुरलाई ५ हजार जरिवाना तिराइएको विभागले जनाएको छ ।
कृषा फार्मेशी ठिमि हेल्थ प्रोटोकल, नेपाल केयर सेजिकल सप्लायर्स क्षेत्रपाटीमा हेल्थ प्रोटोकल, देवयानी इन्टरनेशनल नेपाल प्रा.लि राधेराधेमा हेल्थ प्रोटोकलहरुमा थप व्यवस्थित गर्ने अन्य निर्देशन दिइएको विभागले जनाएको छ ।