३ मंसिर, २०८१ सोमबार
09:14:17 AM
१७ माघ, २०७८
काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले केही दिन अगाडि अहिलेसम्म प्राप्त खोप मध्ये २४ लाख खोपको विवरण नरहेको बताउनुभयो । उहाँले यो कुरा जानकारी गराउन साथै यस विषयले चौतर्फी चर्चा पाएको छ । अहिले नागरिक स्तरमा २४ लाख खोपको कुरा पुगेको छ ।
यो खोपमा नागरिकको न पहुँच पुग्छ न प्रभावनै पार्न सक्छन् । सरकारले उमेर समुह र लाभान्वित समुह तोकेर खोप लगाउँदै आएको छ । नागरिक दिनभर लाईनै बसेर भएपनि खोप लगाई रहेकाछन् । तर यसैबीचमा २४ लाख खोपको कुनै विवरण नै छैन भन्दा त्यो खोप पहुँच र पावर भएका व्यक्तिका आफन्त र नजिकका व्यक्तिहरुले छिटो लगाउने वहानामा कुनै तथ्यांक नै नराखी लगाएको हुनसक्ने विज्ञहरुको वुझाई रहेको छ ।
कतिपय साथी भाई भएकै कारण खोप अभियान चलिरहेको समयमा कार्ड विनै खोप लगाउने पनि गरिएको छ । यसैगरी पहिलो चरणको खोप अभियानका क्रममा लक्षित समुह भन्दा अरु नै लाईन बसेको, खोप लगाएको भिडियो टेलिभिनहरुमा देखेकै हो । यो खोपमा पनि यस्तै भएन होला भन्न सकिन्न । जसले लगाएपनि खोप नेपाली नागरिकले नै लगाएका हुन । तर गलत र प्रक्रिया र बाटोबाट खोप लगाउँदा बास्तविक लाभग्राहीले नपाउने हुनसक्छ त्यसैले यसो नगर्न मन्त्रालयले अनुरोध पनि गरेको छ ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको २४ लाख डोज खोपको तथ्यांक नभेटिएको विवरण खोज्न समिति गठन गरेको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेका हुन् ।
छानविन समितिमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनीसहित प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुण निधि शर्मा रहेका छन् ।
‘स्वास्थ्यमन्त्रीले आइतबार समिति गठन गरी तथ्यांक गढबढ भएको खोपको छानविन गर्ने निर्देशन दिनुभएको छ । समितिले दुई हप्तामा प्रतिवेदन तयार पार्ने छ । केही हप्ता अगाडि स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २४ लाख डोज खोप विवरण नआएको भनेपछि यो विषय चर्चामा आएको छ ।