६ मंसिर, २०८१ बिहिबार

08:47:49 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोना भाइरसका कारण थप ३२ जनाको मृत्यु, ३ हजार ५४० जनामा संक्रमण

१६ माघ, २०७८

कोरोना भाइरसका कारण थप ३२ जनाको मृत्यु, ३ हजार ५४० जनामा संक्रमण

काठमाण्डौं

नेपालमा पहिल्लो २४ घन्टामा कोरोना भाइरसका कारणले थप ३२ जनाले ज्यान गुमाएका छन । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस बिफिङमा बोल्दै प्रवक्ता डा. संगीता मिश्राले नियमितथप ३२ जनाले ज्यान गुमाएको जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयका अनुसार  माघ १३ गतेदेखि १६ गतेसम्म प्राप्त तथ्याङ्कका अनुसार चार दिनमा ३२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन्। मृत्यु हुनेमा वीरेन्द्र अस्पतालमा १२ जनाको र बाँकी २० जना विभिन्न अस्पतालबाट रहेको प्रवक्ता डा.मिश्राले जानकारी दिनुभयो। 

यस्तै पछिल्लो २४ घन्टामा थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज ६ हजार ३ सय ५९ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
हाल देशभर ८३ हजार ९ सय ९९ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ९ हजार ९ सय १० पीसीआर तथा ३ हजार २३५ एन्टिजेन परीक्षण भएको छ।