१९ मंसिर, २०८१ बुधबार

02:16:20 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

क्यानडाका प्रधानमन्त्रीले घर छाडे, मजदुरको आन्दोलन जारी

१६ माघ, २०७८

 क्यानडाका प्रधानमन्त्रीले घर छाडे, मजदुरको आन्दोलन जारी

एजेन्सी ।
क्यानाडाका प्रधानमन्त्री जस्टिन  टुँडो र उहाँको परिवारले राजधानी शहरमा रहेको आफ्नो घर छोड्नु भएको छ । कोरोनाभाइरस प्रतिबन्धको विरूद्ध ट्रक मजदुर सहित सयौंको संख्यामा संसद भवन अगाडि विरोधमा उत्रिएपछि प्रधानमन्त्रीले सपरिवार राजधानी छाडेको  क्यानाडाली सञ्चार माध्यमले जनाएका छन् ।
टुँडो र उहाँको परिवारलाई ओटावाको फरक स्थानमा सारिएको छ । सीबीसीले शनिबार जनाएअनुसार टुँडो र क्यानाडाली जनस्वास्थ्य उपायहरूको निन्दा गर्ने ब्यानरसहितका ट्रकहरू संसद् भवनको अगाडि वेलिंग्टन स्ट्रीटमा भेला भइरहेका छन्।
यसअघि शनिबार हजारौं ट्रक र सयौं अन्य प्रदर्शनकारीहरू कोभिड(१९) नियन्त्रणका निम्ति जारी उपाय र प्रतिबन्धका विरोधमा ओटावामा भेला भएका थिए । सीबीसीका अनुसार आन्दोलन अहिलेसम्म शान्तिपूर्ण रहेको छ। सीबीसी