६ मंसिर, २०८१ बिहिबार
08:30:06 PM
१६ माघ, २०७८
काठमाण्डौं
सिर्जना राउत
कोरोनाको तेस्रो लहर बढेसँगै बजार अनुगमन गर्नेक्रममा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न क्षेत्रका औषधी पसलहरुमा निरन्तर अनुगमन गर्दै आइरहेको छ ।
विभागले यसरी निरन्तर अनुगमन गर्दा काठमाण्डौका अधिकांश औषधी पसलहरु मापदण्ड विपरित चल्ने गरेको पाइएको छ । निरन्तर अनुगमन गर्ने क्रममा थप औषधी पसलहरु कारवाही र जरिवानामा पर्दैआएका छन ।
विभागले अनुगमन गर्ने क्रममा शुक्रबार मापदण्ड विपरित चलेको आधारमा इजि फर्मा इमाडोललाई ५ हजार जरिवाना तिराइएको छ । ममता फार्मेशी इमाडोला, किष्ट फार्मेशी प्रा.लि, नविन फार्मेशी, ग्रामिण फार्मेशी, इन्टरनेशनल प्याथो साइन्टिफिक ट्रेडर्स त्रिपुरेश्वर र इमाडोलमा सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।