३ मंसिर, २०८१ सोमबार
10:02:55 AM
१५ माघ, २०७८
काठमाण्डौं
कोरोना भाइरसको संक्रमण पछिल्लो २४ घण्टामा ४९०४ जनामा भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा ३ हजार ३ सय १८ र ४ हजार ४ सय ६१ एन्टिजेन परीक्षणमा १ हजार ५ सय ८६ जना गरी ४ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।