३ मंसिर, २०८१ सोमबार

10:02:18 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

खोप प्रयोजनको लागि विद्यालय खुल्ने, माघ २० सम्म खोप लगाई सक्नुपर्ने

१५ माघ, २०७८

खोप प्रयोजनको लागि विद्यालय खुल्ने, माघ २० सम्म खोप लगाई सक्नुपर्ने

काठमाण्डौं

माघ २० गतेसम्म पाँच दिन भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि विद्यालय खुल्ने भएका छन् । विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाउँदा बलबालिकालाई सहज हुने भएकोले पाँच दिनका लागि विद्यालय खुलाइएको हो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ वर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई १५ माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्नुपर्ने बताएको थियो । सोही अनुसार स्थानीय तहले सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेका छन् ।

काठमाडौं महानगरपालिकाले विद्यालय खोप अभियान सञ्चालन भइरहेकाले खोप लगाउन छुटेका विद्यार्थीको विवरण अद्यावधि गरेर विद्यालय वा नजिकैको खोप केन्द्रमा खोप लगाउन निर्देशन दिएको छ ।यसका लागि महानगरका वडामा रहेका सामुदायिक सहरी स्वास्थ्य क्लिनिकसँग समन्वय गर्न विद्यालयलाई भनिएको छ  । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइँदै आइएको छ ।  

यसअघि २७ पुसदेखि १५ माघसम्म सबै विद्यालय बन्दको निर्णय भएकोमा लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ । खोप लगाएको सुनिश्चित गरेपछि परीक्षा सञ्चालन गर्ने सरकारले तयारी गरिरहेको छ ।