२० बैशाख, २०८१ बिहिबार

11:15:43 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कालीकोटमा पहिलोपटक इँटा उद्योग सञ्चालनमा

१४ माघ, २०७८

कालीकोटमा पहिलोपटक इँटा उद्योग सञ्चालनमा

कालिकोट

कालीकोटमा इँटा उद्योग सञ्चालनमा आएको छ । जिल्ला बाहिरबाट इँटा ल्याउनुपर्ने बाध्यता हटाउनका लागि यहाँ इँटा उद्योग सञ्चालनमा ल्याएको हो । कर्णालीका हिमाली जिल्ला जुम्ला, मुगु, कालीकोट र दैलेखलाई लक्षित गरेर कालीकोटमा पहिलोपटक इँटा उद्योग सञ्चालनमा आएको छ । जिल्लाको तिलागुफा नगरपालिका–९ चिल्खायाका चारजना स्थानीय युवाले सो उद्योग सञ्चालनमा ल्याउनुभएको हो । 

करिब ३० लाख रुपैयाँको लागतमा सो उद्योग सञ्चालनमा ल्याएको सञ्चालक टेकराज शाहीले बताउनुभयो । ‘इँटा उत्पादन सुरु भएको छ’, उहाँले भन्नुभयो, ‘अहिलेसम्म करिब एक लाख ५० हजार इँटा उत्पादन भइसकेको छ । अब बिक्रीका लागि मागअनुसार उत्पादन गर्ने तयारीमा छौँ ।’

छिटो, छरितो, आकर्षक र कम लगानीमा घर निर्माण गर्न चाहनेका लागि यो इँटा निकै उपयोगी रहेको उद्योग सञ्चालक शाहीको भनाइ छ । रातो इँटाको लागत प्रतिइँटा २४÷२५ रुपैयाँ पर्ने उहाँको भनाइ छ । सो उद्योगमा २७ जनाले रोजगारी पाएका छन् ।

तराईका जिल्लाबाट ढुवानी गरी ल्याउँदा महँगो पर्ने भएकाले यहाँ उत्पादित इँटा प्रयोग गर्दा सहज र सस्तो हुने उद्योग वाणिज्य संघ कालीकोटका अध्यक्ष रतनबहादुर शाहीले बताउनुभयो ।