१३ बैशाख, २०८१ बिहिबार

12:05:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आज होटल याक एण्ड यतिमा नेपाल बिजनेश समिट, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने सम्मेलनमा को-को छन् कि स्पीकर?

Nepal Business

२४ बैशाख, २०८०

आयोजकका अनुसार ‘अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्रु भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवं बैंकिङ अवस्था, चुनौती तथा समाधानका उपायहरुमा गहन विचार, विमर्श हुनेछ ।

आज होटल याक एण्ड यतिमा नेपाल बिजनेश समिट, प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने सम्मेलनमा को-को छन् कि स्पीकर?

नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल विजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा  आज वैशाख २४ गते नेपाल बिजनेश समिट (नेपाल व्यवसाय शिखर सम्मेलन) आयोजना हुँदैछ । कार्यक्रमको सबै तयारी पुरा भएको छ ।

होटल याक एण्ड यतिमा हुने सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने तथा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा सम्पन्न हुने जनाइएको छ ।

होटल याक एण्ड यतिमा हुने सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने तथा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा सम्पन्न हुने जनाइएको छ ।

उक्त सम्मेलनमा अर्थमन्त्री डा प्रकाशशरण महत, विश्व बैंक समूहको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी)का एसिया प्यासिफिक क्षेत्रका भाइस प्रेसिडेन्टका सल्लाहकार कमर सलिम, वरिष्ठ उद्यमी तथा प्रतिनिधिसभाका माननीय सदस्य विनोदकुमार चौधरी, वरिष्ठ अर्थशास्त्री तथा प्रतिनिधिसभाका सदस्य डा स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, उद्योग मन्त्रालयका सचिव मधुकुमार मरासिनी, विश्व बैंकका कन्ट्री डाइरेक्टर फारिस हदाद जर्मोस, एफएनसिसिआइका पूर्व अध्यक्ष भवानी राणा, सिएनआइका पूर्व अध्यक्ष हरिभक्त शर्माले कार्यक्रममा सम्बोधन गर्ने जनाइएको छ ।

यस्तै म्यानेजमेन्ट एसोसिएसन नेपालका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, वर्ल्ड लिंकका अध्यक्ष दिलिप अग्रवाल, डोल्मा अर्गनाइजेशनका प्रबन्ध निर्देशक जोसेफ अल्भानसलगायत विभिन्न देशका राजदुतहरु, अर्थशास्त्रीहरु, उद्यमी व्यवसायीहरु, विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवहरुले सो कार्यक्रममा सम्बोधन गर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार ‘अर्थतन्त्रका वर्तमान चुनौती तथा समृद्धिको मार्गचित्रु भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलनमा नेपालको वर्तमान आर्थिक एवं बैंकिङ अवस्था, चुनौती तथा समाधानका उपायहरुमा गहन विचार, विमर्श हुनेछ । 

हाल उद्योगी व्यवसायीहरुको मनोबल निकै घटेको, विभिन्न कारणले मागमा सङ्कुचन आइ उत्पादन प्रभावित भएको जस्ता समस्या समाधानका विषयमा समेत सरोकारवालाहरुले विशेष प्रस्तुति दिनेछन्।

यस्तै, चालु आर्थिक वर्षमा सरकारले राखेको लक्ष्य अनुसारको राजस्व संकलन नभएको, पूजीगत खर्च अपेक्षित हुन नसकिरहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशका कारण मूल्यवृद्धि बढिरहेको र त्यसले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव जस्ता विषयहरुको पनि गम्भीर चिरफार हुने आयोजकले जनाएको छ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने सम्मेलनमा आर्थिक, बैंकिङ एवं व्यवसायिक क्षेत्रका विभिन्न शिर्षकहरुमा गरिने व्यापक छलफल तथा बहसमा प्राप्त हुने पृष्ठपोषणहरुलाई संश्लेषण गरी आर्थिक एवं बैंकिङ सुधार तथा आत्मनिर्भर अर्थतन्त्रको भावी कार्यदिशाका वारेमा बहुपयोगी भिजन डकुमेन्ट तयार गर्ने र नेपाल सरकार तथा सरोकारावाला निकायहरुसमक्ष बुझाउने यस सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।