६ मंसिर, २०८१ बिहिबार

08:41:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ख्वप अस्पताललाई १०० शय्याको बनाउने प्रयास, मुख्यमन्त्री पाण्डेसँग स्वीकृति दिन माग

Nepal Business

१३ माघ, २०७८

ख्वप अस्पताललाई १०० शय्याको बनाउने प्रयास, मुख्यमन्त्री पाण्डेसँग स्वीकृति दिन माग

१३ माघ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालको स्तरोन्नतिसँगै १०० शय्या क्षमताको अस्पताल सञ्चालन गर्न स्वीकृति माग गरिएको छ । 

 प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, सिर्जना सैंजु, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति तथा उपप्रमुख रजनी जोशीले मुख्यमन्त्री पाण्डेसँग भेट गरी अस्पतालको शय्या विस्तार गर्न स्वीकृत माग गर्नुभएको हो

नेपाल मजदुर किसान पार्टीबाट बागमती प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई, सिर्जना सैंजु, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति तथा उपप्रमुख रजनी जोशीले मुख्यमन्त्री पाण्डेसँग भेट गरी अस्पतालको शय्या विस्तार गर्न स्वीकृत माग गर्नुभएको हो । स्थानीय तहबाट सञ्चालित देशकै नमूना ख्वप अस्पताल १०० शय्या क्षमतामा विस्तार गर्न आज मुख्यमन्त्रीसँग अनुमति मागेको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।

भेटमा मुख्यमन्त्री पाण्डेले ख्वप अस्पताललाई १०० शय्याको स्वीकृति प्रदान र आवश्यक सहयोग गर्न आफू सकारात्मक रहेको र आवश्यक प्रक्रिया अगाडि बढाउन स्वास्थ्यमन्त्रीलगायत सम्बन्धितलाई निर्देशन दिने आश्वासन दिनुभएको उहाँले जानकारी दिनुभयो ।

बागमती प्रदेशअन्तर्गत उच्च शिक्षा समितिको विधेयक हाल विचाराधीन अवस्थामा रहेको र सो विधेयकमा सक्षम स्थानीय तहले विश्वविद्यालय सञ्चालन गर्न सकिने व्यवस्थासमेत रहेको मुख्य मन्त्रीले पाण्डेले जानकारी गराउनुभएको प्रजापतिले बताउनुभयो ।