२५ बैशाख, २०८१ मंगलबार

09:17:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

औषधीमा निरन्तर निगरानी, छैन सुधार

१३ माघ, २०७८

औषधीमा निरन्तर निगरानी, छैन सुधार

काठमाण्डौं
सिर्जना राउत

काठमाण्डौंमा पछिल्ला दिनहरुमा सिटामोलको अभाव भएसँगै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न क्षेत्रका औषधी पसलहरुमा निरन्तर अनुगमन गर्दै आइरहेको छ । विभागले यसरी निरन्तर अनुगमन गर्दा काठमाण्डौका अभिकांश औषधी पसलहरु मापदण्ड विपरित चल्ने गरेको पाइएको छ । निरन्तर अनुगमन गर्ने क्रममा थप औषधी पसलहरु कारवाहीमा पर्दै जानुले सम्पूर्ण औषधी पसलहरुको विश्वसनीयतामाथि प्रश्न चिन्ह खडा भएको विभागले जनाएको छ ।
विभागले अनुगमनका क्रममा बुधबार मापदण्ड विपरित चलेको आधारमा त्रिपुरेश्वरको अस्मिता सर्जिकल मेडिकल इक्युपमेन्टलाई १० हजार जरिवाना गरेको छ । त्यसैगरी निर फार्मेशी ग्वार्को, अम्बिका फार्मेशी र श्री रिलायन्स ट्रेड प्रा. लि. खाद्य वस्तुमा निर्देशन दिएको विभागले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।