३ मंसिर, २०८१ सोमबार
11:18:30 AM
१३ माघ, २०७८
भक्तपुर
चाँगुनारायण नगरपालिकाको एउटा वडाले आफ्ना नागरिकलाई स्वास्थ्य देखि पशु बीमा सम्ममा शतप्रतिशत अनुदान दिएको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलले आफ्नो नागरिकको स्वास्थ्यमा सहज पहुँच पु¥याउने र पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रम लागू गरेको हो ।
नगरपालिकाले आफ्ना नगरभरिका सबै नागरिकलाई स्वास्थ्य उपचारमा पहुँच पु¥याउन ५० प्रतिशत अनुदान प्रदान गरेको छ । चानपा–३ झौखेलले नगरपालिकाबाट आएको ५० प्रतिशत अनुदानमा अर्को ५० प्रतिशत वडाको अन्य बजेटबाट मिलान गर्दै वडाका सबै नागरिकलाई शतप्रतिशत अनुदान प्रदान गरेको वडाध्यक्ष श्यामसुन्दर धिमालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा पु¥याएर उपचारमा सहज बनाउने लक्ष्यकासाथ २५ लाख बजेट विनियोजन गर्दै वडाका आठ सय परिवारलाई शतप्रतिशत अनुदानमा स्वास्थ्य बीमा गराएका हौँ ।
त्यसैगरी आफ्ना वडाका सबै नागरिकलाई पशुपालनमा आकर्षित गराउन वडा कार्यालयले पशु बीमामासमेत शतप्रतिशत अनुदान दिएको छ । पशु बीमा तर्फ राज्यले ८० प्रतिशत अनुदान दिएको र वडाले २० प्रतिशत थपेर शतप्रतिशत पु¥याएको हो । वडामा अहिलेसम्म २ सय किसान लाभान्वित भएको जानकारी दिँदै वडाध्यक्ष धिमालले गाईभैंसी गरी २ हजार पशुको बीमा गरिएको जानकारी दिनुभयो ।
पशुबीमा गरेका किसानले पशुको मृत्यु भएमा ९० प्रतिशत रकम पाउने र पशुले हानेर किसानको मृत्यु भए ५ लाख रुपैयाँ किसानले पाउने गरी किसानकोसमेत बीमा हुने उहाँले जानकारी दिनुभयो । रासस