३ मंसिर, २०८१ सोमबार

11:34:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

स्वास्थ्य सेवा विस्तार गर्दै सशस्त्र प्रहरी ,कहाँकहाँ खुलाउँदै छ नयाँ अस्पताल

१३ माघ, २०७८

स्वास्थ्य सेवा विस्तार गर्दै सशस्त्र प्रहरी ,कहाँकहाँ खुलाउँदै छ नयाँ अस्पताल

१३ माघ । सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्वास्थ्य सेवालाई विभिन्न प्रदेशमा विस्तार गर्दै लगेको छ ।

बहालवाला एवं अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका साथै आश्रित परिवारले स्वास्थ्य सेवाबाट वञ्चित भई अनाहकमा ज्यान गुमाउन नपरोस् भनी काठमाडौँमा मात्र सीमित रहेको नेपाल एपिएफ अस्पताललाई क्रमशः विस्तार गर्दै लगिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिनुभएको छ ।

यस वर्ष गण्डकी प्रदेशमा अस्पताल स्थापना गरिने र आगामी वर्ष कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा फिल्ड अस्पताल स्थापना हुने 

यसअघि प्रदेश १ मा पूर्वक्षेत्रीय अस्पताल, मधेस प्रदेशमा छिन्नमस्ता फिल्ड अस्पताल, बागमती प्रदेशमा ट्रमा सेन्टर कुरिनटार र लुम्बिनी प्रदेशमा मध्यपश्चिम क्षेत्रीय अस्पताल कोहलपुरमा विस्तार गरेकामा यस वर्ष गण्डकी प्रदेशमा अस्पताल स्थापना गर्न लागिएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार आगामी वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत एक÷एक वटा फिल्ड अस्पताल स्थापना गरिने जनाइएको छ । सशस्त्र प्रहरी महानिरीक्षक खनालले ११० श्याबाट हाल अस्थायीरुपमा ३५० श्ययाको स्वीकृति प्राप्त नेपाल एपिएफ अस्पताललाई स्थायी स्वीकृति एवं आवश्यक जनशक्ति र स्रोतसाधन प्राप्त भएमा अस्पतालले थप प्रभावकारी कार्य सम्पादन गर्नसक्ने पनि बताउनुभएको छ । त्यसका लागि सरकारसँग आवश्यक सहयोगको अपेक्षा गरिएको सशत्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।

कोभिड–१९ सङ्क्रमणका बेला बलम्बुस्थित एपिएफ अस्पतालले उल्लेखनीय स्वास्थ्य सेवा प्रदान गरेकामा प्रशंसासमेत पाएको छ । सरकारले उक्त अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाएर सर्वसाधारण नागरिककोसमेत सेवा दिँदै आएको छ ।