३ मंसिर, २०८१ सोमबार
12:31:52 PM
१२ माघ, २०७८
काठमाण्डौं
२४ घण्टामा ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यसै अवधिमा ५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५ सय ७१ जना र ६ हजार ८ सय १० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८ सय ८३ जना गरी ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने ४ हजार ४ सय ३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभरमा ९० हजार ६७ सक्रिय संक्रमित छन् ।