३ मंसिर, २०८१ सोमबार
12:11:24 PM
१२ माघ, २०७८
काठमाण्डौ ।
सिर्जना राउत
पछिल्ला केहिदिनयता औषधी पसलमा अनुगमन गरिरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मापदण्ड विपरित सञ्चालन भएका ३ वटा औषधी पसललाई कार्वाही गरेको छ । काठमाण्डौ भित्रै मापदण्ड विपरित औषधी पसल सञ्चालन हुनेक्रम बढिरहेको भन्ने गुनासोका आधारमा विभागले औषधी पसलमा अनुगमन बढाउँदै आएको हो । यसैक्रमा विभागले गोकर्णेश्वर जोरपाटी क्षेत्रमा गरेको बजार अनुगमन क्रममा ३ वटा औषधी पसलमा मापदण्ड विपरित चलेको भन्दै कार्वाही गरेको छ ।
जियस फार्मेशी, सास्की फार्मेशी र जनमुखी मेडीकल हल जोरपाटी औषधी खरिद विक्रि सम्वन्धि कागजात विनै सञ्चालन भएको पाईएपछि कार्वाही गरिएको हो । औषधी तथा जडिबुटीमा व्यवसाय दर्ता तथा खरिद बिक्रीसम्बन्धी कागजात सहित ७ दिन भित्र उपस्थित हुन निर्देशन दिएको विभागले जनाइएको छ । मेलम्ची फार्मेशी, प्रति औषधी पसल लगाएतलाई सुधारका लागि निर्देशन दिइएको विभागले जनाइएको छ ।