१९ मंसिर, २०८१ बुधबार
02:17:38 PM
१२ माघ, २०७८
मकवानपुर
मकवानपुर जिल्लाका सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्ने मानिसलाई जरिवाना लगाउन थालिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट मास्क नलगाउने ६० जनालाई १ सयका दरले जरिवाना गरेको हो ।
कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले मास्क नलगाइ हिँड्डुल गर्नेलाई कारबाही गरिएको जानकारी दिनुभयो । उहाँले पटकपटक सचेत गराउँदासमेत आदेशको पालना नगरेकाले कारबाही स्वरुप जरिवाना गरिएको बताउनुभयो । उनीहरुलाई कोभिड–१९ सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम जरिवाना गराइएको हो । यही माघ ९ गते बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाको सार्वजनिकस्थलमा मास्क नलगाई हिँड्डुल गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको थियो । साथै प्रहरीले हेटौँडामा मास्क वितरण गर्दै सङ्क्रमणबाट सचेत रहन आग्रह गर्दै आइरहेको छ ।