३ मंसिर, २०८१ सोमबार
12:19:29 PM
१२ माघ, २०७८
काठमाण्डौं
विश्व बैंकको वित्तीय सहयोगमा १६ लाख ६० हजार डलरबराबरको ४० लाख मोडर्ना भ्याक्सिन नेपाल आइपुगेको छ । १२–१७ वर्ष उमेर समूहका किशोर किशोरीहरुका लागि खोप उपलब्ध गराउन आवश्यक पर्ने केही रकम सहयोग गरेको विश्व बैंकका नेपाल प्रतिनिधिले जानकारी दिएका छन् । कोभिड–१९ को महामारीबाट वालवालीका र युवाहरुलाई सुरक्षित राख्न, नेपालको खोप परियोजना अन्तर्गत सहयोग गरेको बैंकले जनाएको छ । बाँकी खोप छिटै आउने पनि बताएको छ ।
कोभ्याक्स कस्ट सेयर सिस्टम अन्तर्गत विश्व बैंकको वित्तिय सहयोगमा नेपालका १२ वर्ष उमेर समूहका किशोर किशोरीहरुलाई उपयुक्त हुने युरोपियन मेडिसिन एजेन्सी र बेलायतको मेडिसिन एण्ड हेल्थकेयर प्रडक्ट एजेन्सीबाट प्रमाणित भएको मोडर्ना खोप खरिदका लागि बैंकले सहयोग गरेको हो ।
यस प्रकृया अन्तर्गत विश्व बैंकको सहयोगमा सयममै मोडर्ना भ्याक्सिन पाउने नेपाल विश्वमा दोस्रो देश हो । यस भ्याक्सिनले १२–१७ वर्ष उमेर समुहका वालवालीका र युवालाई समेटने र चैत्रमसान्त सम्ममा यस उमेर समूहका सबैलाई कोभिड–१९ को भ्याक्सिनको लक्ष्यलाई पुरा गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिनु भयो । खोप कमिटीबाट प्रमाणित भै सकेको मोडर्ना भ्याक्सिन तोकिएको उमेर समूह सबैले प्राप्त गर्ने मन्त्री खतिवडाले बताउनु भयो ।
विश्व बैंकले दोस्रो चरणका लागि १८ लाख डलर बराबरको वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको छ । पहिलो चरण लगत्तै बाँकी दोस्रो चरणको भ्याक्सिन आउने विश्व बैंकले बताएको हो ।