१४ बैशाख, २०८१ शुक्रबार

08:50:51 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सुमन दाहाल कृषि विकास बैंकको संचालक समितिको सदस्यमा नियुक्त

Nepal Business

७ असोज, २०७९

सुमन दाहाल कृषि विकास बैंकको संचालक समितिको सदस्यमा नियुक्त

काठमाण्डौं । कृषि बिकास बैंक लि. बैंक संचालक समितिको संचालक सदस्यमा सुमन दाहाल नियुक्त हुनुभएको छ । नेपाल सरकारको निर्णयानुसार कृषि बिकास बैंक लि. बैंक संचालक समितिको संचालक सदस्यमा सुमन दाहाललाई नियुक्त गरेको हो । 

नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय संघियता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहनु भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य दाहाललाई बैंक संचालक समिति बैठक नं.९८३ का अध्यक्ष डा.राजेन्द्र प्रसाद मिश्रले सपथ ग्रहण गराउनु  भएको थियो ।

उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा. इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय , बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको  थियो ।