१४ बैशाख, २०८१ शुक्रबार

03:46:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

यी बैंकर, उद्योगी तथा व्यवसायी सरकारद्वारा विभूषित

Nepal Business

३ असोज, २०७९

यी बैंकर, उद्योगी तथा व्यवसायी सरकारद्वारा विभूषित

काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले बैंकर, उद्योगी तथा व्यवसायीहरुलाई विभूषित गर्ने भएको छ । सरकारले सुकीर्तिमय राष्ट्रदीपबाट उद्यमी चन्द्रप्रसाद ढकाल र पशुपति मुरारकालाई सम्मान गर्ने भएको हो ।

यस्तै सरकारले प्रसिद्ध जनसेवाश्री स्वर्गीय प्रभाकर शम्शेर जबरालाई दिने भएको छ । जबरा सोल्टी होटलका सञ्चालक हुनुहुन्थ्यो । बैंकर तथा उद्यमी पृथ्वीबहादुर पाँडेका पिता स्वर्गीय सरदार भीमबहादुर पाँडेलाई प्रसिद्ध प्रबल जनसेवाश्रीबाट सम्मानित गरिने भएको छ ।

यस्तै  सुप्रबल जनसेवाश्रीबाट व्यवसायी कुशकुमार जोशी, कुसुम लामा, राजेशकुमार अग्रवाल, पर्यटन व्यवसायी राम थापा, रामबहादुर कोइरी सम्मानित हुने भएका छन्।

यसैगरी शशिधर शर्मा, अरुणकुमार केसी, जगदीशप्रसाद अग्रवाल, गैरआवासीय नेपालीहरुको संगठनका अध्यक्ष कुल आचार्य, कर्पोरेट कानुनव्यवसायी सेमन्त दाहाल, मुरलीधर रुंगटा, बेनीगोपाल मुन्दडा पनि सम्मानित हुने भएका छन्।

सोही पदवीबाट मारिया डेल पिलार, जोस मान्युल भिलानोभा गरी दुई स्पेनी व्यवसायी पनि सम्मानित हुने भएका छन्। होटल ब्यवसायी सृजना राणा पनि सम्मानित हुने भएका छन्।  कीर्तिमय राष्ट्रदीपबाट गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने पनि सम्मानित हुनुभएको छ । उहाँको नेपालमा बैंक तथा वित्तीय संस्थाका साथै जलविद्युत र होटलहरुमा लगानी छ।

त्यस्तै प्रवल जनसेवाश्रीबाट व्यवसायी सुशीलकुमार गोयन्का, यादव कुँवर, महेन्द्रकुमार श्रेष्ठ, सुनिलकुमार बंशल, कृषि उद्यमी खेमबहादुर केसी, भरतप्रसाद पराजुली, प्रभु एयरका विनोद थकाली, ओमकार गौचन, गोविन्दप्रसाद थपलिया, बटु लामिछाने, दीपेन्द्रकुमार कलवार सम्मानित हुने भएका छन् ।

बैंकरहरुमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना पनि सम्मानित हुने भएका छन् । केसी बैंकर्स संघका उपाध्यक्ष हुनुहुन्छ भने ढुंगाना संघका पूर्व अध्यक्षसमेत हुनुहुन्छ । 

व्यवसायी बालकृष्ण भुसालका साथै धौबादी फलाम कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. जनकबहादुर चन्द, पर्यटन व्यवसायी रामकुमार केसी, डा. सुबोधकुमार गुप्ता, भीमप्रसाद घिमिरे, सीताराम उप्रेती, विज्ञापन व्यवसायी राजेन्द्रप्रसाद अर्याल, व्यवसायी सुरेन्द्रकुमार गोयल, चतुर्भुज अग्रवाल (सरिया), नरेशप्रसाद श्रेष्ठ, खुमबहादुर सुवेदी, उमाशंकर अग्रवाल, अशोक कुमार वैद्य, प्रतापजंग पाण्डे, प्रेमकुमार श्रेष्ठ, प्रमोदकुमार अग्रवाल, गुणनिधि भण्डारी (माधव), दीपक कुँवर, सुरकृष्ण वैद्य, पवनकुमार अग्रवाल,  डा. शान्तकुमार उपाध्याय (शर्मा), कुमुदकुमार दुगड, लक्ष्मी शर्मा र सरोजकुमार उपाध्याय पनि सम्मानित हुने भएका छन्।

यसैगरी राष्ट्रदीपबाट कृषि उद्यमी नारायणप्रसाद पन्थ, दिनेश अधिकारी, गणेश कार्की, अटो व्यवसायी मिलनबाबु  मल्ल, कृष्णमुराहरि अग्रवाल, जीवकान्त काफ्ले, ढकेश्वर घिमिरे, योगेश घिमिरे, सुमनविक्रम पाण्डे, मानसिंह साउद,  मिङ्मा शेर्पा, अश्मिलाल भट्टराई, राजु कार्की, राजेन्द्रकुमार अग्रवाल सम्मानित हुने भएका छन्।

यसैगरी प्रभु बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल, प्रभु बैंकका नायब महाप्रबन्धक दिनेश थकाली, बैंकर रुकमिणाकुमारी ज्ञवाली र बीमक सञ्चित बज्राचार्य पनि सम्मानित हुने भएका छन्।

नेपाल सेवा प्रवीणबाट व्यवसायी पशुपति घिमिरे र नवराज श्रेष्ठ  सम्मानित हुने भएका छन्। समाजसेवा रत्नबाट अम्बिकाप्रसाद लामिछाने, रुक्मणी देवकोटा र प्रसन्न अर्याल सम्मानित हुने भएका छन्।

विकास रत्न पदकबाट कृषि व्यवसायी कुलचन्द्र ज्ञवाली, व्यवसायीहरु विनायक शाह, मोहनराज ओझा, दिनेशकुमार महतो, बैंकर शिक्षा भट्टचन, व्यवसायी टीकाबहादुर श्रेष्ठ, आङगेल्बु शेर्पा,  मनोजकुमार भारती, यमुना श्रेष्ठ, भुवन खराल र दीपक नेपाल सम्मानित हुने भएका छन्। मान, पदवी र सम्मान गर्न सरकारले भदौ ३१ मा निर्णय गरेर पठाएको सूची राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको हो।