१३ बैशाख, २०८१ बिहिबार

07:16:36 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Business

५ असोज, २०७९

थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९७ पिसिआर परिक्षणका क्रममा ३९ जना र २ हजार ३ सय ५० एन्टीजेन परिक्षणका क्रममा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यस्तै थप १ सय ७५ संक्रमित निको भएका छन् । 

हाल नेपालमा १ हजार ४ सय ८३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।