१४ बैशाख, २०८१ शुक्रबार

02:30:23 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध

३ असोज, २०७९

अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध

एजेन्सी । आगामी ३ महिनाभित्र अफगानिस्तानमा तालिबानले टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले उक्त जानकारी दिएका हुन् ।

सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरुले प्रतिबन्धसम्बन्धी सूचना सेयर गरेका छन् । तोकिएको समयमा निर्देशिका पालना गर्न  भनिएको छ ।