८ मंसिर, २०८१ शनिबार

01:36:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

झापामा पुनः शुरु भयो मास्क बैंक, के हो मास्क बैँक ?

Nepal Business

११ माघ, २०७८

झापामा पुनः शुरु भयो मास्क बैंक, के हो मास्क बैँक ?

नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले  ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ । कोभिड १९ को  उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई सञ्चालनमा ल्याएको हो । 
बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका ९ को बाल सञ्जाल समिति, उज्यालो बाल क्लबसमेतको सहकार्य रहेको उपशाखाका सभापति गोपाल गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार गत साउन २९ गतेदेखि रेडक्रसले कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले ‘मास्क बैंक’ स्थापना गरेको हो  । कोभिडको जोखिम न्यूनीकरणपछि बन्द गरिएको मास्क बैंक पुनः सञ्चालनमा आएको हो  ।

बैंकबाट विहान ७ बजेदेखि १० बजेसम्म स्वयंसेवक खटाएर निःशुल्क रूपमा मास्क वितरण गदै आएको छन  । बैंकमा विगतमा रेक्रडसका आजीवन सदस्य र विभिन्न दाताले मास्क र मास्क खरिदका लागि नगद दुवै प्रदान गरेको थियो । सोहीबाट खरिद गरिएको मास्क बैंकमा रहेको  छ

बैंकबाट विहान ७ बजेदेखि १० बजेसम्म स्वयंसेवक खटाएर निःशुल्क रूपमा मास्क वितरण गदै आएको छन  । बैंकमा विगतमा रेक्रडसका आजीवन सदस्य र विभिन्न दाताले मास्क र मास्क खरिदका लागि नगद दुवै प्रदान गरेको थियो । सोहीबाट खरिद गरिएको मास्क बैंकमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार मास्क अभियानप्रति आम नागरिकलाई प्रेरित गर्न ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर प्रयोग गरौँ’ भन्ने नाराका साथ भद्रपुर बजार र लक्ष्मी चोकमा बिहान ७ बजेदेखि १० बजेसम्म मेडिकल मास्क वितरण गरिएको छ ।

मास्क नलगाउनेलाई बानी पार्न र मास्क किन्न नसकेर वा नपाएर त्यसै हिंड्न बाध्य भएकालाई निःशुल्क बाँड्ने गरेको सभापति गिरीले जानकारी दिनुभयो । यो अभियानलाई सहयोग गर्न समेत उहाँले सबैलाई अपील गर्नुभएको छ । रासस