१५ चैत, २०८० बिहिबार

01:43:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आकाशमा दुई विमान ठोक्किदा तीन जनाको मृत्यु

२ असोज, २०७९

आकाशमा दुई विमान ठोक्किदा तीन जनाको मृत्यु

काठमाडौं । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनाको वोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ ।

बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका काउन्टी शेरिफको कार्यालयले बताएको छ । एउटा विमानमा दुई जना र अर्कोमा एक जनामात्र सवार थिए । युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ ।