८ मंसिर, २०८१ शनिबार

01:04:21 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मापदण्ड विपरित चल्छन् उपत्यकाका औषधि पसल, चारलाई कारवाही, एकलाई हाजिर हुन निर्देशन

११ माघ, २०७८

मापदण्ड विपरित चल्छन् उपत्यकाका औषधि पसल, चारलाई कारवाही, एकलाई हाजिर हुन निर्देशन

-सिर्जना राउत, 
८ माघ । काठमडौँ उपत्यका भित्रै मापदण्ड विपरित औषधि पसल सञ्चालन हुने गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले  गरेको अनुगमनमा मापदण्ड विपरित व्यवसाय सञ्चालन गरेको पाइएको हो ।  विभागले लाजिम्पाट र महाराजगंज क्षेत्रमा गरेको बजार अनुगमनका क्रममा ४ वटा औषधी पसलमा मापदण्ड विपरित चलेको पाइएपछि ती औषधि पसललाई रु २५ हजार जरिवाना तिराएर कार्वाही गरेको छ । 

भिगोर फार्मेशी औषधी तथा जडिबुटीमा ५ हजार, माइरस फार्मेशी औषधी तथा  जडिवुटी लाजिम्पाटलाई १० हजार, मेडसेवा हेल्थकेयर  प्रालि औषधी तथा जडिबुटी महाराजगंजलाई  ५ हजार र मेरिडियन फार्मेशी महाराजगंजलाई  ५ हजार जरिवाना गराएको हो

नेपाल केयर सर्जिकल सप्लायर्स मेडिकल इक्युपमेन्ट क्षेत्रपाटीलाई कागजातसहित ३ दिन भित्र उपस्थित हुन निर्देशन दिइएको पनि विभागले जनाएको छ ।

विभगाले भिगोर फार्मेशी औषधी तथा जडिबुटीमा ५ हजार, माइरस फार्मेशी औषधी तथा  जडिवुटी लाजिम्पाटलाई १० हजार, मेडसेवा हेल्थकेयर  प्रालि औषधी तथा जडिबुटी महाराजगंजलाई  ५ हजार र मेरिडियन फार्मेशी महाराजगंजलाई  ५ हजार जरिवाना गराएको हो । यसैगरी  ध्रुव सफल आयु फार्मेशी औषधी तथा जडिबुटी कलंकीलाई सामान्य निर्देशन दिइएको जनाइएको छ ।