२४ बैशाख, २०८१ सोमबार

04:44:43 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

विभागद्धारा ३ वटालाई जरिवाना, ३ वटालाई कागजात माग र एकलाई सामान्य निर्देशन

१० माघ, २०७८

 विभागद्धारा ३ वटालाई जरिवाना, ३ वटालाई कागजात माग र  एकलाई सामान्य निर्देशन

काठमाण्डौं
सिर्जना राउत ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा मापदण्ड विपरित व्यवसाय सञ्चालन गरेको सर्जिकल सामान  मेकिल  व्यवसायलाई  कारवाही र जरिवाना गरेको छ । हरेक दिन कुनै एक विषयका व्यवसायमा अनुगमन गदै आएको विभागले ७ वटा व्यवसायलाई कारवाही वा जरिवाना गरेको जनाएको छ  ।

काठमाण्डौंको त्रिपुरेश्वर क्षेत्रमा  गरिएको अनुगमनका क्रममा ३ वटा  सर्जिकल सामान मेडिकल पसलमा  विभिन्न मापदण्ड नपुगेको भन्दै विभागले जरिवाना सहित कारवाही  गरेको हो । विभागले तीन व्यवसायलाई कुल २० हजार जरिवाना, ३ वटा व्यवसायलाई कागजात माग र एउटा व्यवसायलाई अन्य निर्देशन दिएको छ ।

स्मार्ट सर्जिकल सप्लार्यस अन्यमा ५ हजार, ओम सर्जिकल कन्सर्न प्रा .लि सर्जिकल सामान केडिकल इकयुपमेन्ट त्रिपुरेश्वरमा १० हजार र मेडीहेल्थ सर्जिकल प्रा .लि त्रिपुरेश्वरमा ५ हजार   जरिवाना गरिएको छ । यसैगरी शिरिष सप्लार्यस अन्यमा सामान्य निर्देशन दिएको छ । अस्मिता सर्जिकल हाउस अन्यमा ७ दिन भित्र यस कम्पनीसँग सम्बन्धित कागजातपत्र लिएर विभागमा उपस्थित हुन माग गरिएको छ ।

इन्टरनेशनल  प्याथो  साइन्टिफिक ट्रेडर्स सर्जिकल सामान मेडिकल इक्युपमेन्टमा कागजातसहित ३ दिनमा उपस्थित हुन भनिएको छ । विकास सर्जिकल आउस त्रिपुरेश्वरमा कागजातसहित ३ दिन भित्र उपस्थित हुन माग गरेको विभागले जनाएको छ  ।