१३ बैशाख, २०८१ बिहिबार

11:38:26 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हस्तकलाबाट थारु महिलाको आम्दानी मासिक १० देखि १२ हजार

Nepal Business

९ माघ, २०७८

हस्तकलाबाट थारु महिलाको आम्दानी मासिक १० देखि १२ हजार

रुपन्देही
रुपन्देहीको सियारी गाउँपालिकाका मधेसी तथा थारु समुदायका महिलाले हस्तकलाका सामग्रीबाट आयआर्जन गर्न थालेका छन । सीपमूलक कार्यमा मधेसी तथा थारू समुदायका महिलाको आकर्षण बढ्दै गएको छ  । स्थानीय तहको पहलमा उहाँहरुले हराउँदै गएका हस्तकलाको सामग्री उत्पादन गरी मासिक १० देखि १२ हजार सम्मको आम्दानी आयआर्जन गर्दे आउनु भएको हो ।  

विशेषगरी गाउँपालिकाको पहलमा ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’अन्तर्गत यहाँका मधेसी तथा थारु समुदायका महिलाले ‘हस्तकला तालिम’ लिएर त्यतिकै खेर गइरहेको बस्तुबाट आयआर्जनको माध्यम बनाइएको छ ।  महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सियारी गाउँपालिका २ र ३ का महिलाले विभिन्न खोल्सामा पाइने झारपात र खरजस्ता विभिन्न प्रजातिका घासपातबाट बनेको ‘कटरा’लगायत हस्तकलाका सामग्री उत्पादन गरी आयआर्जन गर्न थाल्नु भएको हो । उहाँहरुले मुढा, म्याट, चकटी, गुन्द्री तथा सजावटका आर्कषक सामग्री बनाउदै आउनु भएको छ । 

यहाँका महिलाले स्थानीय स्तरमा विभिन्न समूह गठन गरी दर्ता गराएर काम गरिरहेको गाउँपालिकाले जनाएको छ । जङ्गलबाट खर ल्याई सामग्री बनाउँदै आएको स्थानीयवासी यमुना कुमालले भन्नुभयो, “यहाँका महिलाले हस्तकलाका सामग्री उत्पादन गर्न थालेपछि न कसैको टोकाइ खानुपरेको छ, न त कामको खोजीमा बाहिर जानुपर्ने बाध्यता छ ।” उत्पादन गर्न लागेको समयका आधारमा सामानको मूल्य निर्धारण गर्ने गरिएको छ । उहाँका अनुसार ती महिलाद्वारा उत्पादित सामग्री २५० देखि ५०० सम्ममा विक्री हुने गरेको छ । 

हस्तकलाका सामान उत्पादन गर्न थालेपछि मजदूरी गर्ने बाध्यताबाट मुक्ति मिलेको उहाँको भनाइ छ । परम्परागत मौलिक हस्तकलाको जगेर्नासमेत भएको उहाँ बताउनु हुन्छ  । “हामीलाई यस्ता तालिमले आत्मनिर्भर मात्रै बनाएको छैन्, आयआर्जनको दरिलो माध्यमसमेत बनेको छ ।”

गाउँपालिकका अध्यक्ष अयोध्या थारुले गाउँपालिकाले यहाँका महिलालाई विभिन्न किसिमका स्वारोजगारमूलक तालिम दिंदै आएको जानकारी दिनुभयो । हस्ताकला तालिमले महिलाहरु रोजगार पाउनुका साथै महिला सशक्तिकरणमा समेत उल्लेख्य योगदान पुगेको उहाँले बताउनुभयो ।

गाउँपालिकका अध्यक्ष अयोध्या थारुले गाउँपालिकाले यहाँका महिलालाई विभिन्न किसिमका स्वारोजगारमूलक तालिम दिंदै आएको जानकारी दिनुभयो । हस्ताकला तालिमले महिलाहरु रोजगार पाउनुका साथै महिला सशक्तिकरणमा समेत उल्लेख्य योगदान पुगेको उहाँले बताउनुभयो ।

विकास सँगसँगै सीप पनि सिकाएका छौं । सो कामका लागि महिलाहरुलाई व्यवसाय गर्न शून्य प्रतिशत ब्याज दरमा लगानी गर्न गाउँपालिकास्थित बैङ्कलाई आग्रह गरेका छौं ।”
महिलाबाट उत्पादित हस्तकला सामग्री ठूला होटेल र विदेशबाट आएका पर्यटकका लागि आकर्षक हुने गरेको छ । महिलाले सीपलाई व्यवहारमा उतार्न सके राम्रो आम्दानी हुने र यसबाट आत्मनिर्भर बन्न समेत सहयोग पुग्ने विश्वास तालिमकी प्रमुख प्रशिक्षक खेम कुमारी थारुले बताउनु भयो  ।

घरमा प्रयोग गर्नका लागि मात्र हस्तकलाका सामान बनाउने महिलाले अहिले यसलाई व्यवसाय बनाएको उहाँको भनाइ छ । महिलाले यहाँको परम्परागत हस्तकलाको सीपलाई परिमार्जन गरी आधुनिक डिजाइनका सामग्री उत्पादन गर्न थालेको प्रशिक्षक थारुले बताउनुभयो । उत्पादन भएका सामानले बजार पाउने गरेको छ । यहाँका नागरिक समाजका अगुवा र युवाले महिलाद्वारा उत्पादित हस्तकला सामग्रीलाई गाउँपालिकाको पहिचानको रुपमा स्थापित गर्ने अभियानमा लागेका छन् सियारी गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङ र प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टाराईले महिला सशक्तीकरणको   तालिमले आयआर्जन थप गर्न सजिलो  हुने बताउनु भयो ।