२४ बैशाख, २०८१ सोमबार

07:01:25 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भक्तपुर र काठमाण्डौका औषधी पसल मापदण्ड विपरित, ३ वटालाई जरिवाना ९ वटालाई निर्देशन

९ माघ, २०७८

भक्तपुर र काठमाण्डौका औषधी पसल मापदण्ड विपरित, ३ वटालाई जरिवाना ९ वटालाई निर्देशन

काठमाण्डौ । 
सिर्जना राउत ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा मापदण्ड विपरित व्यवसाय सञ्चालन गरेका औषधी व्यवसायिलाई कार्वाही गरेको छ । हरेक दिन कुनै एक विषयका व्यवसायमा अनुगमन गर्दै आएको विभागले १२ व्यवसायिलाई  कारवाही र जरिवाना गरिएको जनाएको छ । भत्तपुर क्षेत्रमा गरिएको अनुगमनका क्रममा ३ वटा औषधी पसलमा विभिन्न मापदण्ड नपुगेको भन्दै विभागले जरिवाना सहित कार्वाही गरेको हो । विभागले व्यवसायिलाई ३५ हजार जरिवाना गराउने निर्णय गरेको छ । अन्य ९ व्यवसायिलाई निर्देशन दिइएको विभागले जनाएको छ ।  

हेल्दी भक्तपुर प्रा.लि. औषधी तथा जडिबुटीमा १० हजार  जरिवाना गरिएको छ । यसैगरी शास्त्री फार्मेशी औषधी तथा जडिबुटीमा ५ हजार, र ऋद्धि सिद्धि फर्मा क्लिनिक औषधी तथा जडिबुटीमा २० हजार जरिवाना गरिएको विभागले जनाएको छ । 
रेडियम फार्मेशी अस्पताल तथा क्लिनिक, शुक्र फार्मेशी अस्पताल तथा क्लिनिक, इश्वर मेडिकल सेन्टरमा सामान्य निर्देशन दिएको छ । सफल आयुर्वेदिक सस्था तथा पोलीक्ल्निक प्रा.लि. आयुर्वेदिक, श्रीराम फर्मा लगनखेल औषधी तथा जडिबुटीमा सामान्य निर्देशन दिएको छ । 
मेडीहेल्थ फार्मेशी, सिनामंगल,  अतिग फार्मेशी कोटेश्वर, वयोदा फार्मेशी बल्खुमा सामान्य निर्देशन दिएको छ ।