२ फागुन, २०८१ शुक्रबार
12:25:41 AM
९ माघ, २०७८
पूर्वमा पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने
इलाम
पुर्वको पर्यटन प्रवर्द्धनका लागि फाल्गुनन्द विमानस्थल संचालनका लागि पर्यटन व्यवसायी र इलाम नगरपालिका विच सम्झौता भएको छ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले यो विमानस्थल संचालनमा ल्याउन लागिएको पर्यटन बोर्डले जनाएको छ। तारा र इलाम नगरपालिका विच भएको सम्झौता अनुसार आउँदो फागुन ८ गते देखि प्रत्येक आइतबार काठमाण्डौं सुकिलुम्बा उडान सुरु हुने बोर्डका सदस्य कृष्ण शाहले बताउनु भयो । उहाँका अनुसार १६ सिटे ट्विन अटर जहाजमार्फत गरिने उडान भाडादर ८ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ।
उहाँका अनुसार १६ सिटे ट्विन अटर जहाजमार्फत गरिने उडान भाडादर ८ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ।
‘इलाम आफैमा राम्रो पर्यटकीय गन्तव्य हो। इलामलाई प्रकृति र संस्कृतिको सङ्गम मान्ने गरिन्छ। यो ठाउँमा पर्यापर्यटन, कृषि–पर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ। हवाई सेवा नियमित हुन सके इलाम जाने पर्यटकको संख्या बढ्ने हाम्रो अपेक्षा छ बोर्ड सदस्य शाहले बताउनु भयो।
यो उडान सुरु भएसँगै आन्तरिक र वाह्य पर्यटकले सन्दकपुर, माईपोखरी, कन्याम–अन्तु सर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङ्मालुङ, माङ्सेबुङ, गजुरमुखी, रेड पाण्डा पाइने वन, पशुपतिनगर लगायत गन्तब्यमा सहजै भ्रमण गर्न सक्ने जनाइएको छ।
यसका लागि पर्यटन व्यवसायीले आकर्षक प्याकेज बनाउन तयारी गरिसकेको बोर्डले जनाएको छ। ६ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको यो विमानस्थलमा २०७५ जेठ २१ गते परीक्षण उडान भएको थियो। रासस