८ मंसिर, २०८१ शनिबार

11:27:17 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमाले अध्यक्ष ओली दम्पती कोरोनाबाट संक्रमित

९ माघ, २०७८

एमाले अध्यक्ष ओली दम्पती कोरोनाबाट संक्रमित

काठमाडौं । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको बताइएको छ । नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, एमाले नेता सुर्य थापा लगाएतले सामाजिक सञ्जालबाट ओलीलाई कोरोना पुष्टिभएको जानकारी दिएका छन् । ओली बालकोटस्थित निवासमा आइसोलेसनमा रहेको र स्वास्थ्य सामान्य रहेको बताईएको छ । एमाले अध्यक्ष ओली मिर्गौला प्रत्यारोपणको बिरामी भएकाले यसअघि स्वास्थ्य सावधानीका उपाय अपनाउँदै आउनुभएको थियो  ।