४ बैशाख, २०८२ बिहिबार

09:11:12 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चीनको अनुदानमा आयो २० लाख सिरिञ्ज

Nepal Business

८ माघ, २०७८

चीनको अनुदानमा आयो २० लाख सिरिञ्ज

८ माघ । कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले अनुदान स्वरुप २० लाख सिरिञ्ज उपलब्ध गराएको छ । 

जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त

शनिबार उक्त परिमाणको सिरिञ्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको यहाँस्थित चिनियाँ दूतावासले जनाएको छ । हस्तान्तरित सिरिञ्जले जारी खोप अभियानमा योगदान गर्ने विश्वास व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत हाउ याञ्छीले नेपाली मित्रहरूलाई सहयोग गर्न चीन सरकार सदैब तत्पर रहेको बताउनुभएको छ ।