४ बैशाख, २०८२ बिहिबार

09:37:10 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमण दर तिब्र

Nepal Business

८ माघ, २०७८

१० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमण दर तिब्र

काठमाण्डौं
पछिल्लो २४ घण्टामा थप १० हजार २ सय ५४ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएको छ ।  यस अवधिमा मृत्यु हुनेको संख्या १६ रहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ५३०६ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३७६२, ललितपुरमा १११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएका हुन् ।

यसैगरी कास्कीमा ४००, मोरङमा २७३, सुनसरीमा २१२, कैलालीमा १७०, चितवनमा १५३, रुपन्देहीमा १४९, बाँकेमा १४८, मकवानपुरमा १४७ र काभ्रेमा १०१ जनामा संक्रमण पुष्टि भएको छ ।