११ बैशाख, २०८१ मंगलबार

02:48:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोनाको ग्राफ घट्दो, थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Business

१ असोज, २०७९

कोरोनाको ग्राफ घट्दो, थप ६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ७४ पिसिआर परिक्षणका क्रममा ३५ जना र २ हजार १ सय ६६ एन्टीजेन परिक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप १ सय ३१ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा १ हजार ९ सय ६६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।