२४ बैशाख, २०८१ सोमबार

05:10:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजार व्यवसायको अनुगमन, १ व्यवसायलाई ५ हजार जरिवाना

७ माघ, २०७८

 बजार व्यवसायको अनुगमन, १ व्यवसायलाई ५ हजार जरिवाना

काठमाण्डौं 

सिर्जना राउत 
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार व्यवसायको अनुगमनमा १५ वटा व्यवसायलाई कारवाही र जरिवाना गरेको छ । जरिवाना एक व्यवसायीलाई मात्र गरिएको छ जसको कुल जरिवाना रकम ५ हजार रहेको छ । कारवाही वा अन्य निर्देशन दिएका १४ वटा व्यवसायहरु रहेका छन ।  एक व्यवसायको वस्तु नष्ट गरिएको छ ।

नवयुग फार्मेसी औषधी तथा जडिबुटीमा ५ हजार जरिवाना गरिएको छ । अधिकृत अजय कुमार देवकोटाले तत्काल जरिवाना गनुभएको हो । हनुमान फर्मामा सामान्य निर्देशन दिएको छ । प्रविना प्रोग्रेस फार्मेसी अस्पताल तथा क्लिनिकमा सामान्य निर्देशन दिएको छ । मेगन फार्मेसी अस्पताल तथा क्लिनिकमा सामान्य निर्देशन दिएको हो ।  सत्यम फर्मा अस्पताल तथा क्लिनिकमा सामान्य निर्देशन दिएको छ । विवासना फार्मेसी अस्पताल तथा क्लिनिकमा सामान्य निर्देशन दिएको छ । पम्पा फार्मेसी अस्पताल तथा क्लिनिकमा अन्य निर्देशन दिएको छ ।


हाम्रो मेडी कन्सर्न प्रालि अस्पताल तथा क्लिनिकमा सामान्य निर्देशन दिएको छ । अल्का हस्पिटल फार्मेसी प्रा,लि औषधी जडिबुटीमा सामान्य निर्देशन दिएको छ ।  नर्भिक फार्मेशी प्रालि औषधी तथा जडिबुटीमा सामान्य निर्देशन दिएको छ  । गौरीशंकर औषधी पसल औषधी तथा जडिबुटीमा अन्य निर्देशन दिएको छ । पायोनिर फार्मेशी औषधी तथा जडिबुटीमा सामान्य निर्देशन दिएको छ । भरोसा फार्मेशी औषधी तथा जडिबुटीमा अन्य निर्देशन दिएको छ । आरफ फार्मेशी औषधी तथा जडिबुटीमा सामान्य निर्देशन दिएको छ ।  आयुष फार्मेशी औषधी तथा जडिबुटीमा लक्ष्मी क्षेष्ठले सामान्य निर्देशन दिनुभएको छ ।