१६ चैत, २०८० शुक्रबार

12:19:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप ११० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्‍यु

३१ भदौ, २०७९

थप ११० जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा ६० जना र २ हजार ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जना गरी थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ६२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये १ हजार ९९९ जना होम आइसोलेसनमा रहेका छन् भने ६३ जना संस्थागत आइसोलेसन र २० जना आईसीयूमा छन् ।