१६ चैत, २०८० शुक्रबार

08:17:05 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप १२६ जनामा कोरोना संक्रमण, १३७ जना संक्रमणमुक्त

३० भदौ, २०७९

थप १२६ जनामा कोरोना संक्रमण, १३७ जना संक्रमणमुक्त

काठमाडौँ। पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १ हजार ६७४ जनाको पीसीआर परीक्षण गर्दा ७५ जना र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा गरी थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार १२९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १३७ जना संक्रमणमुक्त भएका छन् । स्वासथ्य मन्त्रालयका अनुसार २ हजार ६२ जना होम आइसोलेसनमा रहेका छन् भने ६७ जना संस्थागत आइसोलेसन र १८ जना आईसीयूमा छन् ।