१८ मंसिर, २०८१ मंगलबार
10:46:45 PM
२९ भदौ, २०७९
काठमाण्डौं । नेपालमा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ९ सय ५५ पिसिआर परिक्षणका क्रममा ८९ जना र २ हजार १ सय २९ एन्टीजेन परिक्षणका क्रममा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप १ सय ३० संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार १ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।