२३ बैशाख, २०८१ आइतबार

01:41:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

शुक्रबारदेखि अत्यावश्यक बाहेकका सेवा वन्द

Nepal Business

६ माघ, २०७८

शुक्रबारदेखि अत्यावश्यक बाहेकका सेवा वन्द

६ माघ । जिल्ला प्रशासन कार्यालय चितवनले यही माघ ७ गतेदेखि १४ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । शुक्रबारदेखि लागू हुने गरी शान्ति, सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक बाहेकका सबै सेवा रोकिने जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङद्वारा जारी जरुरी सूचनामा  कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भई उपचाररत तथा आइसोलेशनमा रहेकाले सेवा स्थगन गरिएको उल्लेख गरिएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले तीन कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र अन्य केहीको परिवारका सदस्यहरुमा कोभिड–१९ को सङ्क्रमण देखिएकाले उनीहरु आइसोलेशनमा रहेको जानकारी दिनुभयो । नागरिकता जारी गर्ने, राहदानी, संस्था नवीकरणलगायत नियमित काम माघ १४ गतेसम्म रोकिने भएका छन् । रासस