१३ बैशाख, २०८१ बिहिबार

07:01:34 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

Nepal Business

२८ भदौ, २०७९

थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं । नेपालमा थप २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ३ सय पिसिआर परिक्षणका क्रममा ८७ जना र ३ हजार ७ सय ५९ एन्टीजेन परिक्षणका क्रममा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण मंगलबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै थप १ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा २ हजार २ सय ३२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।